काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने प्रस्ताव पारित गरेको छ ।
बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई समेत कारवाही गरेको छ ।
केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने विषयमा समेत बैठकमा छलफल भए पनि निर्णय भने नभएको जनाइएको छ ।
‘पार्टी गतिविधिविपरीत कार्य गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरी लगायतलाई पार्टीबाट निष्कासन गरिएको छ,’ नेता वर्षमान पुन ‘अनन्त’ले बैठकपछि सञ्चारकर्मीसँग भने ।
बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । बैठकले शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई समेत ६ महिना निलम्बनको निर्णय गरेको छ ।
यसअघि प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।