शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘लुरे प्रधानमन्त्री’ केपी ओलीको ‘षड्यन्त्र’ गगन थापाले गरे पर्दाफास

‘लुरे प्रधानमन्त्री’ केपी ओलीको ‘षड्यन्त्र’ गगन थापाले गरे पर्दाफास

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 6.0K
    SHARES

  • ‘लुरे प्रधानमन्त्री’ केपी ओलीको ‘षड्यन्त्र’ गगन थापाले गरे पर्दाफास

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको षड्यन्त्रको पर्दाफास गरेका छन् ।

    सर्लाहीको धनकौलमा कांग्रेस पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपश्चात् प्रधानमन्त्री ओली संसद भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा लागेको खुलासा गरे ।

    प्रधानमन्त्री ओलीले अंक गणितको खेलमा लागेर देशलाई बन्धक बनाउने प्रयास गरिरहेका थापाले बताए । निर्वाचन आयोगले पनि प्रधानमन्त्री ओलीको प्रयासमा मलजल गर्दै साथ दिएको आरोप नेता थापाले लगाए ।

    उनले नेकपाको आधिकारिकता विवादमा निर्णय गर्न ढिला गरेर निर्वाचन आयोगले ओलीको गलत कदमलाई साथ दिइरहेको आरोप लगाएका छन् ।

    ‘अंक गणितको खेलमा लागेर प्रधानमन्त्री देशलाई बन्धक बनाउने प्रयासमा लागिरहेका छन्,’ नेता थापाले भने, ‘यसमा निर्वाचन आयोगले पनि पार्टी विवाद टुंगोमा नपुर्‍याउँदा उनको कदममा साथ दिइरहेको छ ।’

    नेता थापाले सयौं सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री आफैले ‘मेरो जीउ ज्यान असुरक्षित छ’ भन्दै हिँड्नु लज्जास्पद रहेको बताएका छन् । आफैं असुरक्षित महसूस गर्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्न नसक्ने भन्दै थापाले प्रधानमन्त्री ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

    नेता थापाले अहिलेको प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा नराखेको भन्दै अब ओलीलाई बिदा गर्नुपर्ने बेला आएको बताएका छन् ।

    उनले पदको मोहले नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको बताएका छन् । थापाले पहिला ओलीको हरेक कदममा साथ दिएका प्रचण्ड र माधव नेपाल लोभमा पर्दा अहिलेको स्थिति आएको दाबी गरेका छन् ।

    नेता थापाले यसअघि राष्ट्रपतिले चालेका कतिपय कदमको कांग्रेसले प्रश्न उठाउँदा प्रचण्ड र माधव नेपालले साथ दिए पनि अहिले उनीहरू राष्ट्रपतिकै कार्यशैलीबाट सशंकित भइरहेको समेत बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend