आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई माधव नेपालले भने – ज्यानकै खतरा भए हाम्रो नेकपाले रक्षा गर्छ, आउनुस् !

केपी ओलीलाई माधव नेपालले भने – ज्यानकै खतरा भए हाम्रो नेकपाले रक्षा गर्छ, आउनुस् !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 3.6K
    SHARES

  • केपी ओलीलाई माधव नेपालले भने – ज्यानकै खतरा भए हाम्रो नेकपाले रक्षा गर्छ, आउनुस् !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा संसद सचिवालयले निर्णय गरी प्रक्रिया अघि बढ्ने जनाएका छन् ।

    प्रेस संगठन मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रतिनिधि सभामा जुनसुकै दलले अविश्वास प्रस्ताव दर्ता गरे पनि आफूहरूले समर्थन गर्ने बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ पाउने बताउँदै उनले भने, ‘सच्चिएर आउनेलाई पार्टीमा ठाउँ छ ।’

    आन्दोलनमा रहेका प्रतिगमन विरोधी दलसँग सहकार्य हुने अध्यक्ष नेपालले बताए । ‘नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीसँग छलफल हुन्छ,’ नेपालले भने, ‘हामी वा जसले अविश्वासको प्रस्ताव दर्ता गरे पनि समर्थन हुन्छ ।’

    प्रधानमन्त्री ओलीको ज्यानकै खतरा छ भने नेकपाले रक्षा गर्ने नेपालले बताएका छन् । नेता नेपालले ओली अल्पमतमा रहेको जिकिर गरेका छन् । ४४१ सदस्य संख्या नै बहुमत र आधिकारिक भएको नेपालले बताएका छन् ।

    ‘अब आधिकारिक हुन ब्लड परीक्षण गर्नुपर्ने हो र ? के परीक्षण गर्ने ? सबै गर्न तयार छौं,’ उनले भने ।

    सानो चोइटो बालुवाटारमा बसेर विशाल पार्टी बन्न नसक्ने भन्दै नेपालले नेपाली जनताबाहेक अरुप्रति आफूहरू जवाफदेही नभएको बताएका छन् । ‘देशको हितमा हुने सबै निर्णय मान्छौं । एमसीसीबारे नकारात्मक छैनौं,’ उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend