काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि मन्त्री पदबाट राजीनामा दिएका पूर्वमन्त्री योगेश भट्टराईले ओलीप्रति विश्वास व्यक्त गरेका छन् ।
सोमवार प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा आयोजित दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनेमा आफू विश्वस्त रहेको धारणा राखे ।
नेता भट्टराईले जतिसुकै विश्वास गरेपनि प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने दोहोर्याउँदै आएका छन् ।
नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा पछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भट्टराईले बताए ।
ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा अदालतले फैसला दिएसँगै ओली निराश बनेको भट्टराईले दाबी गरे ।
प्रधानमन्त्री ओलीले संविधान मिचेर ‘कू’ गर्दा समेत केही पत्रकारले त्यसको विरोध गर्नुभन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको नेता भट्टराईले बताएका छन् ।
भट्टराईले देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र समग्र प्रेस जगतप्रतिको स्वतन्त्रता कायम राख्न प्रचण्ड–नेपाल पक्ष कटिबद्ध रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।