आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको सिफारिसमा विद्या भण्डारीबाट यस्तो निर्णय

केपी ओलीको सिफारिसमा विद्या भण्डारीबाट यस्तो निर्णय

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 6.5K
    SHARES

  • केपी ओलीको सिफारिसमा विद्या भण्डारीबाट यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेकी छन् ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले फागुन २३ गते अधिवेशन आह्वान गरेकी छन् ।

    यसअघि सोमबार बिहानको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

    फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन फैसला गरेको थियो ।

    नेपालको संविधानको धारा ९३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसदको दुबै वा कुनै सदनको अधिवेशन आह्वान गर्नसक्ने व्यवस्था रहेको छ ।

    प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको अधिवेशन पुस १८ गते सुरु भएर २७ गते अन्त्य गरिएको थियो ।

    नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा गत असार १८ गते सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको थियो । संविधानको व्यवस्था अनुसार हिउँदे अधिवेशन सुरू गर्न १३ दिन बाँकी रहेको समयमा पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा विघटन भएको थियो ।

    प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो ।

    adhi.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend