आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

आफैंले विघटन गरेको प्रतिनिधिसभा बैठक बोलाउनुपर्दा राष्ट्रपति भण्डारीलाई कस्तो भयो होला ?

आफैंले विघटन गरेको प्रतिनिधिसभा बैठक बोलाउनुपर्दा राष्ट्रपति भण्डारीलाई कस्तो भयो होला ?

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 10.1K
    SHARES

  • आफैंले विघटन गरेको प्रतिनिधिसभा बैठक बोलाउनुपर्दा राष्ट्रपति भण्डारीलाई कस्तो भयो होला ?

    काठमाडौं - आफ्नै हातले प्रतिनिधिसभा भंग स्वीकृत गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् ।

    सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गर्दै २४ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन मिति तोकेर परमादेश दिएपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओली मरिच चाउरिएझैं चाउरिएर प्रतिनिधिसभा बैठक आह्वान गर्ने अवस्थामा पुगेका हुन् ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसारकै मिति र समयमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गरेकी हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वान गर्ने निर्णय गरे पनि मिति तोकेर सिफारिस गरेको थिएन ।

    आजको मन्त्रिपरिषद् बैठकले मिति र समय तोकेरै सिफारिस भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ।

    तर, नेकपा औपचारिक रूपमा विभाजन नभइसकेकाले प्रचण्ड–माधव समूहलाई ओली हटाउन फलामको चिउरासरह हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend