काठमाडौं – आज सोमबार बिहानै अकस्मात मन्त्रिपरिषद् बैठक बसेको छ ।
सर्वाेच्च अदालतले फागुन ११ गते फैसला गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेर संसद अधिवेशन बोलाउन दिएको आदेश कार्यान्वयन गर्न बैठक बसेको हो ।
मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश गरेको थियो ।
गत शुक्रवारकै मन्त्रिपरिषद् बैठकले नै अधिवेशन आह्वानका लागि सिफारिस गरेको हल्ला फैलिएपनि आज सोमबारको बैठकले सिफारिस गरेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।