शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘१७ हजारको ज्यान लिने प्रचण्डलाई के ?’

‘१७ हजारको ज्यान लिने प्रचण्डलाई के ?’

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १६ २०७७

  • 4.0K
    SHARES

  • ‘१७ हजारको ज्यान लिने प्रचण्डलाई के ?’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक विवादमा आउँछन्, उनकै नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका कारण ।

    यस्तै विवाद कोट्याउँदै जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोले प्रचण्डमाथि गम्भीर प्रश्न गरेका छन् ।

    कैलाली जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा आयोजित कार्यक्रममा नेता महतोले आफ्नो हक अधिकार माग्दा सांसद रेशम चौधरी जेल जानुपरेपनि १७ हजार नेपालीको ज्यान लिने प्रचण्डलाई के भनेर प्रश्न गरेका छन् ।
    ‘आफ्नो हकअधिकार माग्दा जेल जानुपर्ने देश नेपाल हो । १७ हजार नेपाली जनता नरसंहार गराउने  प्रचण्डलाई के ? जेल नजानु पर्ने ?’

    हकअधिकारका लागि आन्दोलन गरेबापत सांसद रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन सजाय दिइएको उनले बताए । कैलालीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको २ दिने विशेष राष्ट्रिय सम्मेलन जारी छ ।

    कार्यक्रमको उद्घाटन जसपाका नेता महतोले गरेका छन् । २ दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिको सहभागिता छ ।

    कार्यक्रममा जेलमा रहेका थरुहटका नेता रेशम चौधरी, लक्ष्मण थारु लगायतका मुद्धामा युवाहरूको ध्यानाकर्षण गराइने जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend