काठमाडौं - नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित आज सर्वोच्च अदालत पुग्दैछन् ।
उनी आइतबार बिहान ११ बजे सर्वोच्च जान लागेका हुन् । प्रचण्डविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता भएको थियो । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका थिए।
प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो ।
उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ । ओली र चार पूर्वप्रधानन्यायाधीशले सवोच्चमा लिखित जवाफ पेस गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।