सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

केपी ओलीकै समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘प्लान’ बालुवाटारभित्र पुगेपछि ...

केपी ओलीकै समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘प्लान’ बालुवाटारभित्र पुगेपछि ...

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 19.2K
    SHARES

  • केपी ओलीकै समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘प्लान’ बालुवाटारभित्र पुगेपछि ...

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला विभाजित अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउने ध्यानमा छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा छन् ।

    यस्तै अभियानको चक्करमा ओलीले प्रतिनिधिसभा संसद नै विघटन गरे । तर सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गरिदिएको छ । फेरि कुर्सी जोगाउने र हटाउने अभियान सुरू भइसकेको छ ।

    दुवै पक्षबीच गम्भीर लडाइँ चलिरहेका बेला ओलीकै समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने वातावरण सम्भव छ ? सामान्य दृष्टिले हेर्दा विवाद उत्कर्षमा पुगेका बेला ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सम्भावना देखिँदैन ।

    तर नेकपा उपाध्यक्ष बामदेव गौतम भने असम्भव जस्तै लाग्ने कुरालाई सम्भव गराउने प्लानसहित कहिले खुमलटार त, कहिले बालुवाटार धाइरहेका छन् । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै बैठक, निर्णय, भेला र सभा गरिरहेका बेला उपाध्यक्ष गौतमले पार्टी एकताको प्रयास गरिरहेका छन् ।

    सर्वाेच्च अदालतबाट संसद पुनर्स्थापना भएपछि उपाध्यक्ष गौतम सक्रिय देखिएका छन् । गौतमले बिहीबार खुमलटार पुगेर प्रचण्डलाई भेट्दै नेकपा एकता गर्नुपर्ने कुरा राखे । गौतमले अबको प्रधानमन्त्री प्रचण्ड हुने र ओलीलाई पार्टी अध्यक्ष मान्नुपर्ने कुरा राखे तर प्रचण्डले ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने जवाफ दिए । यसरी प्रचण्ड र बामदेव गौतमबीच कुरा मिल्न सकेन ।

    त्यसपछि शुक्रबार उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार छिरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग नेता गौतमले भेटवार्ता गरे । स्रोतका अनुसार भेटवार्तामा गौतमले ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर पार्टी एकता बचाउनुपर्ने प्लान सुनाए । 

    शुक्रबार दिउँसो साढे २ बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करीब १ घण्टा कुराकानी गरेको स्रोतले जनाएको छ । उपाध्यक्ष गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गरेका छन् । नेकपा विभाजनपछि गौतमले नेकपा राष्ट्रिय एकता अभियान चलाएका छन् ।

    ओलीलाई भेटेर गौतमले प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका जनाइएको छ । तर ओलीले समेत गौतमलाई सकारात्मक जवाफ दिएनन् । ओली आफू प्रधानमन्त्रीबाट हटेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने अवस्थामा छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend