काठमाडौं – नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात देखिएको छ ।
गएराति शरीरको देब्रपट्टि समस्या देखिएपछि जोशीलाई काठमाडौंको वीर अस्पताल पुर्याइएको थियो ।
आज शुक्रवार बिहान जोशीलाई वीरबाट नर्भिक अस्पताल पुर्याइएको जोशीका सहयोगी पुष्कर पाण्डेले बताएका छन् ।
नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जोशीको आकस्मिक शल्यक्रियाको तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।