शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

हतारहतार शेरबहादुर देउवाको शरणमा पुगे प्रचण्ड !

हतारहतार शेरबहादुर देउवाको शरणमा पुगे प्रचण्ड !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १२ २०७७

  • 7.7K
    SHARES

  • हतारहतार शेरबहादुर देउवाको शरणमा पुगे प्रचण्ड !

    काठमाडौं - नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् ।

    सर्वोेच्च अदादलबाट मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गरेपछि सत्ता समिकरणका विषयमा छलफल गर्न उनीहरु देउवा भेट्न गएका हुन् । प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड– नेपाल अहिले बुढानिलकण्ठ पुगेका हुन् ।

    उनीहरूबीच दिउँसो १ बजेदेखि छलफल हुने देउवानिकट एक नेताले जानकारी दिएका छन्। आज चितवनमा तय गरिएको कार्यक्रमका लागि हिजो चितवन पुगेका दाहाल र नेपाल सर्वाेच्च अदालतको हिजैको फैसलापछि कार्यक्रम नगरेरै काठमाडाैं फर्किएका हुन्।

    मंगलबार सर्वाेच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन फैसला गरेको थियो। विकसित राजनीतिक घटनाक्रम र आगामी योजनाबारे प्रचण्ड–नेपालले देउवासँग भेट गर्न लागेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend