आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपामा पासा पल्टियो, केपी ओलीविरुद्ध खुलेरै लागे बामदेव गौतम

नेकपामा पासा पल्टियो, केपी ओलीविरुद्ध खुलेरै लागे बामदेव गौतम

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १२ २०७७

  • 12.9K
    SHARES

  • नेकपामा पासा पल्टियो, केपी ओलीविरुद्ध खुलेरै लागे बामदेव गौतम

    काठमाडौं – सर्वाेच्च अदालतको फैसला आउनुअघिसम्म तटस्थ देखिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले अब प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खुलेरै लागेका छन् ।

    उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीसँग तत्काल राजीनामा मागेका छन् ।

    बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    उपाध्यक्ष गौतमले दुबै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन पनि अनुरोध गरे ।

    गौतमले राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने पनि बताएका छन् ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २०७७ फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो,’ गौतमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ । आजको दिन निरंकुशता, स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कÞानून, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend