काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बन्ने संकेत दिएका छन् ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै सरकार फेरबदल हुने चर्चा चलेका बेला पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डको नेतृत्वमा सरकार बन्ने संकेत गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पूर्वमन्त्री बाँस्कोटाले प्रचण्ड सहितको सरकारले अमेरिकी सहयोगको एमसीसी परियोजना सिधै खारेज गरेको हेर्न आफू आतुर रहेको जनाएका छन् ।
बाँस्कोटाले देशको नक्सा अनुरूपको भूगोल खोजिरहेको बताए । ‘म मेरो देशको नक्सा अनुरूपको भूगोल खोज्छु अनि प्रचण्ड +... सरकारले एमसीसी परियोजना सिधै खारेज गरेको हेर्न आतुर छु, साथै ०५४–०६६ ताकाको २२ दलीय सरकारको पालाको रामराज्य चलेको बेलाका राजनीतिक विकासका तरक्की पनि,’ उनले लेखेका छन् ।
सर्वाेच्च अदालतको फैसलापछि ओली र प्रचण्ड दुबै पक्षले आ–आफ्ना आगामी रणनीति बनाउन बैठक बोलाएका छन् । ओली पक्षको बैठक बिहान ११ बजे बस्दैछ भने प्रचण्ड पक्षले अपराह्न ४ बजे बैठक बोलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।