आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कमल थापाको चिन्ता : अब सांसद किनबेच हुने सम्भावना बढ्यो !

कमल थापाको चिन्ता : अब सांसद किनबेच हुने सम्भावना बढ्यो !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 7.9K
    SHARES

  • कमल थापाको चिन्ता : अब सांसद किनबेच हुने सम्भावना बढ्यो !

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटन सम्बन्धमा सर्वाेच्च अदालतले पुनःस्थापना हुने फैसला सुनाएपछि विघटनको विवाद अन्त्य भएको जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अब सांसद किनबेचको सम्भावना बढेको चिन्ता व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला सुरु हुने सम्भावना बढेको जनाएका छन् ।

    थापाले लेखेका छन्, ‘विघटन सम्बन्धी विवाद तत्कालका लागि अन्त्य भएको छ । तर प्रतिनिधिसभा पुनःस्थापनासँगै सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ शृंखला सुरू हुने सम्भावना बढेको छ । यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।’

    यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले त्यो गोलचक्कर उसैगरी चलिरहने भविष्यवाणी गरेका छन् । सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै नेता बाँस्कोटाले राजनीति आफ्नै तालसुरमा चलिरहने जनाएका छन् ।

    उनले लेखेका छन्, ‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन । त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि ! राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । केको दिपावली केको रुवाबासी ? बाँकी हेर्दै जाने हो ।’

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ ।

    संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

    सर्वोच्च अदालतले फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् । तर अदालतले त्यसलाई बदर गरिदिएको छ ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित कानून व्यवसायीले १३ वटा रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् । सर्वोच्चमा परेका रिटमाथि पुस ८ गतेदेखि  सुनुवाइ भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend