आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाको भविष्यवाणी : त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ !

गोकुल बाँस्कोटाको भविष्यवाणी : त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 3.2K
    SHARES

  • गोकुल बाँस्कोटाको भविष्यवाणी : त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले त्यो गोलचक्कर उसैगरी चलिरहने भविष्यवाणी गरेका छन् ।

    सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै नेता बाँस्कोटाले राजनीति आफ्नै तालसुरमा चलिरहने जनाएका छन् ।

    उनले लेखेका छन्, ‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन । त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि ! राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । केको दिपावली केको रुवाबासी ? बाँकी हेर्दै जाने हो ।’

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ ।

    संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

    सर्वोच्च अदालतले फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् । तर अदालतले त्यसलाई बदर गरिदिएको छ ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित कानून व्यवसायीले १३ वटा रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् । सर्वोच्चमा परेका रिटमाथि पुस ८ गतेदेखि  सुनुवाइ भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend