आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले प्रदेशसभा भंग गरिदिए के गर्छ प्रचण्ड नेकपा ?

केपी ओलीले प्रदेशसभा भंग गरिदिए के गर्छ प्रचण्ड नेकपा ?

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ९ २०७७

  • 3.4K
    SHARES

  • केपी ओलीले प्रदेशसभा भंग गरिदिए के गर्छ प्रचण्ड नेकपा ?

    काठमाडौं – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा विघटन गर्ने अभिव्यक्ति दिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम आचार्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइसकेकाले सांसदलाई नधम्क्याउन चेतावनी दिएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षका प्रदेश १ इन्चार्ज समेत रहेका आचार्यले शनिवार राजधानीमा पत्रकार भेटघाटमा प्रदेशसभा विघटन गर्ने धम्की दिएर मुख्यमन्त्री राईले सांसदलाई धम्क्याएको बताउँदै गलत कदम चाले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।  

    ‘मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । यस्तो अवस्थामा दलभित्रको विवादको हवाला दिँदै सांसदलाई धम्क्याउने काम राम्रो होइन । यसले राम्रो गर्दैन । मुख्यमन्त्रीले प्रदेशसभा विघटन गरेर त हेर्नुस् । म चुनौती दिन चाहन्छु, मुख्यमन्त्रीको यस्तो धम्कीले केही हुनेवाला छैन । प्रदेशसभा विघटन गरिए हामी पुनःस्थापित गर्छौं,’ उनले भने ।  

    आचार्यले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको तर संसद् बैठक नबसालेर प्रदेशसभालाई बन्धक बनाउने काम भएको बताएका छन् । ‘अविश्वासको प्रस्ताव दर्ता भएको करीब २ महिना हुन लागिसकेको छ । यति लामो समयसम्म संसद बैठक नराखेर अल्पमतको सरकार चलाउने ? यस्तो कहीँ पनि हुँदैन । संसद् बैठक बस्नुपर्छ । संसद्मा अल्पमत छ वा बहुमत छ, परीक्षण गरौं । प्रतिगमनकारीहरूको पक्षमा बहुमत आयो भने सरकार टिक्छ, प्रतिगमन विरोधीहरूको पक्षमा बहुमत आयो भने सरकार ढल्छ,’ उनले भने ।  

    मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार पक्षीय ओली समूहका नेताहरूले नै संसद बैठक बस्न नदिएर अवरोध खडा गरेका थिए । ‘सरकार पक्षले नै संसद् अवरुद्ध गर्ने कहीँ नभएको प्रक्रिया देखाइएको छ । यसलाई हामीले के भन्ने ?’ आचार्यले भने, ‘आफ्नो फाइदाका लागि संविधान र पार्टी विधान च्यात्ने अनि अहिले त्यही पार्टीको बहुमतले हटाएर कारबाही गरिसकेपछि दलीय प्रक्रियाको वकालत गर्ने ?’

    आचार्यका अनुसार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध ४० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ९३ सदस्यीय प्रदेशसभामा ३० जनाको पनि समर्थन नभएको सरकार कुन नैतिकताले टिकिरहेको छ भन्दै आचार्य भने, ‘अविश्वास प्रस्ताव आइसकेपछि सामना गर्नुको साटो सरकार पक्षले नै संसद् अवरोध गरेर नैतिकता गुमाएको छ ।’

    आचार्यले मुख्यमन्त्री राईको धम्कीको कडा प्रतिवाद गरिनेसमेत बताए । ‘ल अल्पमतमा पर्‍यौं, अब तिमी छोड, लोकतान्त्रिक प्रक्रियाले चल्नुपर्छ भन्दा प्रदेशसभा भंग गरिदिन्छु भनेर धम्की दिने ? यस्तो धम्कीले हामीलाई फरक पार्दैन । त्यसो भए हामी कडा प्रतिवाद गर्छौं,’ उनले भने, ‘हामी प्रतिगमनविरोधी आन्दोलनमा छौं । जनताले साथ दिएका छन् । प्रतिगमनकारीलाई घुँडा टेकाएर छाडिन्छ ।’

    आचार्यले अविश्वासको प्रस्ताव मुख्यमन्त्रीलाई सोधेर दर्ता नहुने प्रष्ट पारे । सत्ता पक्षका सांसदले नै प्रदेशसभा बैठक अवरुद्ध गरेको भन्दै उनले आक्रोश पोखेका छन् । अविश्वासको प्रस्ताव सडकमा टाउका गन्ने नभएर संसद्मा टाउको गन्ने प्रक्रिया भएको उनले बताएका छन् ।

    ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमपछि राजनीतिक र व्यावहारिक रुपमा पार्टी विभाजित भइसकेकाले प्रदेश सरकार रहिरहनु लोकतन्त्रमाथि थप प्रहार हो,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend