काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अदालतले जनताको पक्षमा फैसला नदिए आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले अदालतलाई धम्की दिनु लोकतान्त्रिक कार्य नभएको टिप्पणी गरेका छन् ।
शर्माले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने ओलीको विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ । न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अदालतको फैसला स्वीकार्ने बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।