आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तरुण अध्यक्षका हत्यारा ३ जनालाई विद्यादेवी भण्डारीबाट ठूलो पुरस्कार ! आन्दोलन गर्न निर्देशन

तरुण अध्यक्षका हत्यारा ३ जनालाई विद्यादेवी भण्डारीबाट ठूलो पुरस्कार ! आन्दोलन गर्न निर्देशन

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ८ २०७७

  • 18.1K
    SHARES

  • तरुण अध्यक्षका हत्यारा ३ जनालाई विद्यादेवी भण्डारीबाट ठूलो पुरस्कार ! आन्दोलन गर्न निर्देशन

    काठमाडौं – नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न भएर गम्भीर अपराध गरेका दोषी फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो पुरस्कार दिएकी छन् ।

    चितवनको जिल्ला कारागार भरतपुरभित्र भएको हत्या घटनामा संलग्नलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बाँकी कैद मिनाहा गरेर रिहा गरेकी छन् ।

    नेपाल तरुण दलका केन्द्रीय कार्यसमिति अध्यक्ष जित जङ्ग बस्नेतले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै गम्भीर अपराधीलाई माफी दिइएको टिप्पणी गरेका छन् ।

    ‘नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आममाफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवान्छित क्रियाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रतिदिन बढ्दै गइरहेको प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरूलाई संरक्षण गर्ने जनविरोधी सरकारको निर्णयको विरुद्ध चरणबद्ध रूपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रीय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्तिमार्फत निर्देशन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend