काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमा आयोजित २ नम्बर प्रदेशका प्रदेश प्रमुख राजेश झाको शपथ समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकोप्रति नेकपा प्रचण्ड–नेपाल पक्षले असन्तुष्टि जनाएको छ ।
प्रचण्ड पक्षीय मानिएका उपरराष्ट्रपति पुन र सभामुख सापकोटाले शपथ कार्यक्रममा सहभागिता नजनाएर बहिष्कार गरेका हुन् ।
शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएका छन् । सामान्यतया उपरराष्ट्रपति र सभामुख समेत शपथमा सहभागी हुने प्रचलन छ ।
प्रतिनिधिसभा संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति जनाउँदै आएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति समेत दुवै जनता असन्तुष्ट रहेका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।