काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले २ नम्बर प्रदेशको प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् ।
प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसअघि पदमुक्त गरिएका परियार २०७६ कात्तिक १८ गते २ नम्बर प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।