आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको इशारामा विद्या भण्डारीबाट पूर्व माओवादी यी प्रदेश प्रमुख पदमुक्त (विज्ञप्तिसहित)

केपी ओलीको इशारामा विद्या भण्डारीबाट पूर्व माओवादी यी प्रदेश प्रमुख पदमुक्त (विज्ञप्तिसहित)

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 8.2K
    SHARES

  • केपी ओलीको इशारामा विद्या भण्डारीबाट पूर्व माओवादी यी प्रदेश प्रमुख पदमुक्त (विज्ञप्तिसहित)

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

    मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रवार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रेस विज्ञप्ति जारी गर्दै परियारलाई पदमुक्त गरिएको जनाएका छन् । परियार तत्कालीन नेकपामा पूर्व माओवादीका नेता हुन् ।

    २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए । उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’को समूहमा समेत थिए । 

    नेकपा विभाजनसँगै ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै भएपछि पहिलो शिकार परियार भएका छन् । प्रचण्डको कोटाबाट प्रदेश प्रमुख बनेका परियारलाई ओलीले हटाएका छन् ।

    ppre.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend