आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली घाँडो थिए, फुटेपछि पन्छिए, सबै खुसी छन् : माधव नेपाल

केपी ओली घाँडो थिए, फुटेपछि पन्छिए, सबै खुसी छन् : माधव नेपाल

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 3.9K
    SHARES

  • केपी ओली घाँडो थिए, फुटेपछि पन्छिए, सबै खुसी छन् : माधव नेपाल

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छरिरहेको आरोप लगाएका छन् ।

    शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको आरोप लगाए ।

    ‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरू छरिरहेका छन् । पूर्व एमालेहरू मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरूलाई आग्रह गर्छु,’ अध्यक्ष नेपालले भने, ‘यो विचारको लडाइँ हो ।’

    केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै अध्यक्ष नेपालले ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छिएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्,’ उनले भने ।

    अध्यक्ष नेपालले आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुईतिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । ‘हामीसँग दुईतिहाइ छ । यति हुँदा पनि हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौं । जस्तोसुकै आन्दोलन गर्नुपरे पनि गर्न तयार छौं,’ अध्यक्ष नेपालले भने । उनले थप आन्दोलनको संकेत समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend