आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले सर्वाेच्च अदालत पुगेर दिए यस्तो लिखित जवाफ (पूर्णपाठसहित)

केपी ओलीले सर्वाेच्च अदालत पुगेर दिए यस्तो लिखित जवाफ (पूर्णपाठसहित)

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ६ २०७७

  • 6.3K
    SHARES

  • केपी ओलीले सर्वाेच्च अदालत पुगेर दिए यस्तो लिखित जवाफ (पूर्णपाठसहित)

    काठमाडौं – सर्वाेच्च अदालतमा परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ दिएका छन् ।

    प्रधानमन्त्री ओली बिहीबार आफैं अदालतमा उपस्थित भएका हुन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले ओलीविरुद्ध अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दायर गरेका थिए । 

    सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ गते ओलीका नाममा आदेश दिएको थियो ।

    प्रतिनिधिसभा संसद विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । 

    प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहसका लागि ९४ वर्षीय अधिवक्ता भण्डारीलाई बोलाएको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटको कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै ठाउँ संविधानमा छैन । १ जना बाजे वकिललाई पनि लगेछन् त्यो ठाउँमा किन दुःख दिएका हुन् ती बाजेलाई ?’

    काठमाडौंको सिंहदरबार नजिकै रहेको सुरक्षित क्षेत्र सर्वाेच्च अदालतमा समेत प्रधानमन्त्री ओली गाडीका लस्कर र सुरक्षा गार्डको तामझामसहित अदालत छिरेका छन् ।

    यस्तो छ ओलीले अदालतमा दिएको लिखित जवाफ –

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend