शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

संसद् पुन:स्थापना भए प्रधानमन्त्री ओलीलाई झापा लखेट्ने गगन थापाको उद्घोष

संसद् पुन:स्थापना भए प्रधानमन्त्री ओलीलाई झापा लखेट्ने गगन थापाको उद्घोष

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 5.0K
    SHARES

  • संसद् पुन:स्थापना भए प्रधानमन्त्री ओलीलाई झापा लखेट्ने गगन थापाको उद्घोष

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा लखेट्ने जानकारी दिएका छन् ।

    चितवनमा सोमबार आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री ओलीलाई झाप लखेट्ने बताएका हुन् ।

    'संसद् पुनःस्थापना भए, प्रधानमन्त्री ओलीले ठूलो खर्च गरेर दमकमा भ्यु टावर बनाएक छन् । त्यहीँ विचरण गर्न पठाउने हो,' नेता थापाले भने । उनले सर्वोच्च अदालतलाई खुट्टा नकमाउन पनि आग्रह गरेका छन् ।

    उनले भने, 'अदालतले खुट्टा नकमाउओस् । अदालतले कर्तव्य मात्र पूरा गरोस् । धारामात्र हेरोस्,' उनले भने । नेता थापाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानका जगमा हान्ने काम गरेको दाबी गरेका छन् ।

    उनले संविधानमा भएका कमिकमजोरी सच्याएर अगाडि बढ्ने आधारमा टेकेर अगाडि नबढे मुलुक ठूलो दुर्घटनामा पर्ने दाबी गरे । 'संविधानमा भएका कमजोरी सच्याएर, नभएका कुरा थपेर अगाडि बढ्ने आधार हामीसँग छ,' थापाले भने, 'यो आधारमा टेकेर अगाडि गएनौं भने ठूलो दुर्घटनमा पर्छौं ।' उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकारनै नभएको पनि जिकिर गरे ।

    प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको पनि दाबी गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend