आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारमाथि विश्वप्रकाश शर्माले गरे बिहानै प्रहार !

ओली सरकारमाथि विश्वप्रकाश शर्माले गरे बिहानै प्रहार !

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 3.5K
    SHARES

  • ओली सरकारमाथि विश्वप्रकाश शर्माले गरे बिहानै प्रहार !

    काठमाडौं – सामाजिक सञ्जालमाथि अंकुश लगाउने गरी कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्देशिक ल्याउने लागेकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

    सोमबार बिहानै एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्देशिका अगाडि नबढाउन सरकारलाई चेतावनी दिएका छन् ।

    ‘सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारवाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस सञ्जाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ,’ विज्ञप्तिमार्फत शर्माले भनेका छन् ।

    ‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्यूँताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    ‘सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ । कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरू जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।

    prc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend