आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री विरुद्धको प्रस्तावमा शेरधन राईलाई कांग्रेसको यस्तो सन्देश : यी हुन् २ विकल्प, कुन छान्ने ?

मुख्यमन्त्री विरुद्धको प्रस्तावमा शेरधन राईलाई कांग्रेसको यस्तो सन्देश : यी हुन् २ विकल्प, कुन छान्ने ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 14.0K
    SHARES

  • मुख्यमन्त्री विरुद्धको प्रस्तावमा शेरधन राईलाई कांग्रेसको यस्तो सन्देश : यी हुन् २ विकल्प, कुन छान्ने ?

    काठमाडौं – १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले नेपाली कांग्रेससँग सहयोगका लागि आग्रह गरेपनि कांग्रेसले सहयोग गर्न नसकिने स्पष्ट पार्दै राजीनामा दिन सन्देश पठाएको छ ।

    मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला राईले पद जोगाउन कांग्रेससँग सहयोग मागेका हुन् ।

    प्रदेशको नयाँ सत्ता समीकरण बन्दा निर्णायक देखिएको कांग्रेसले मुख्यमन्त्री शेरधन राईलाई सहयोग गर्न नसकिने प्रस्ट पार्दै कि अविश्वास प्रस्ताव सामना गर्न कि राजीनामा दिएर मार्ग प्रशस्त गर्न विकल्प दिएको छ ।

    मुख्यमन्त्री राईले सहयोग गर्न प्रस्ताव गरेको बताउँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अहिलेकै अवस्थामा सहयोग गर्न नसक्ने सन्देश पठाइएको बताए । ‘हामीले २ वटा शर्त सरकारलाई दिएका छौं । पहिलो – संसदमा दर्ता भएको अविश्वास प्रस्ताव सदनमै फेस गर्नपर्‍यो, त्यो नगर्ने भए, दोस्रो – राजीनामा दिनुपर्‍यो । त्यसपछि कसलाई सहयोग गर्ने, कसलाई नगर्ने भन्नेबारेमा कांग्रेस बल्ल प्रवेश गर्नेछ ।’

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षका सांसदले नै अविश्वास प्रस्ताव दर्ता गरेका छन् । ३७ जना सांसदले दर्ता गरेको अविश्वास प्रस्तावका ५ जना हस्ताक्षरकर्ताले भने फिर्ता लिएका जनाएका छन् ।

    अविश्वासको प्रस्तावका पक्षधरहरु ३७ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ भने ओली पक्षले पनि आफू बहुमतमा रहेको दाबी गर्न छाडेको छैन ।

    नेपाली कांग्रेस बिना दुवै समूहसँग प्रदेश सभामा चाहिने बहुमत छैन । त्यसका लागि २१ जना सदस्य रहेको कांग्रेस निर्णायक रहेको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला सहितका बहुमत सदस्यले अविश्वासको प्रस्तावको पक्षमा आफूलाई उभ्याउने बुझेपछि मुख्यमन्त्री राई पक्षले संसद अवरुद्ध गर्दै आएको छ । सत्तारुढ पक्षकै संसद अवरुद्धका कारण अविश्वासको प्रस्ताव अगाडि बढ्न सकेको छैन ।

    माघ २५ गते सत्ता पक्षले नै सदन अवरोध गर्दा कांग्रेस, जसपा सहितका विपक्षी दलहरु सरकार र मुख्यमन्त्रीप्रति झनै आक्रामक भएका छन् । कांग्रेसले संसद बाहिरबाट कुनै हल निस्कन नसक्ने सन्देश समेत सरकारलाई भनिदिएको प्रमुख सचेतक कार्कीले बताएका छन् ।

    मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्न नसके राजीनामा दिएर बाटो खोल्न सक्ने सुझाव कांग्रेसले दिएको छ । ‘पहिले राजीनामा दिनुस्, त्यसपछि नयाँ सत्ता समीकरणबारे तपाईंहरुसँग कुरा हुन्छ, प्रचण्ड–नेपाल पक्षसँग हुन्छ,’ कार्कीले भने, ‘त्यसबेला सबै सम्भावना खुला हुन्छ । अहिलेको अवस्थामा मुख्यमन्त्रीलाई सहयोग गर्ने कुरा कांग्रेसबाट हुन सक्दैन ।’

    नेपाली कांग्रेससँग वार्ताका लागि मुख्यमन्त्री राईले आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलाई जिम्मा दिएका छन् । कार्कीले सरकारलाई सहयोग गरिदिन कांग्रेससँग आग्रह गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend