काठमाडौं – सर्वाेच्च अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दिएको आदेश १५ दिनसम्म पनि काठमाडौंभित्रै रहेका ओलीसम्म नपुगेको पाइएको छ ।
सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको आरोपमा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएपछि माघ १५ गते अदालतले जवाफ पेश गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले अदालतबाट भएको आदेशको जानकारी प्राप्त नभएको बताए । काठमाडौंभित्रै सर्वाेच्च अदालतबाट बालुवाटारस्थित प्रधानमन्त्री निवाससम्म आदेश नपुग्नु आश्चर्यको विषय बनेको छ ।
पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगानालाई समेत अदालतको अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । यी सबै आरोपीले सर्वोच्चले आदेश दिएको १५ दिनसम्म आदेशको लिखित जानकारी नै पाएका छैनन् । अदालतको आदेशबारे जानकारी प्राप्त नभएको पूर्व सभामुख ढुंगानाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।