काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले त्रास देखाउँदैमा सत्यको पक्षमा बोल्ने मुखहरु बन्द नहुने चेतावनी दिएका छन् ।
बिहिबार आफ्नो सामाजिक सञ्जालमा फेसबुक मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरी पक्राउ गरेलगत्तै उनले सरकारले त्रास देखाउँदैमा सत्यको पक्षमा बोल्ने मुखहरु बन्द नहुने चेतावनी दिएका हुन् ।
नेता थापाले सरकारलाई कारागारको संख्या थप गर्न पनि सुझाव दिएका छन् । सत्यका पक्षमा बोल्ने मुखहरुलाई थुन्न कारागारको संख्या थप गर्नुपर्ने उनको सरकारलाई सुझाव छ ।
'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन,' नेता थापाले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।