आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीका वकिलहरू सर्वाेच्चमा बहस नै नगर्ने निर्णयमा पुगेपछि ...

केपी ओलीका वकिलहरू सर्वाेच्चमा बहस नै नगर्ने निर्णयमा पुगेपछि ...

  • मिडिया डबली
  • बुधवार, माघ २८ २०७७

  • 19.0K
    SHARES

  • केपी ओलीका वकिलहरू सर्वाेच्चमा बहस नै नगर्ने निर्णयमा पुगेपछि ...

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा जारी सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा उत्रिएका १० वकिलहरू बहस नै नगर्ने निर्णयमा पुगेका छन् ।

    वकिलहरूले अदालतमा राख्नुपर्ने तर्क इजलाससमक्ष यसअघि नै आइसकेकाले आज बुधवार बहस नगर्नेमा सूचीमा नाम लेखाएका छन् ।

    बुधवार प्रधानमन्त्री ओलीका तर्फबाट १५ जना कानून व्यवसायीले बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिसम्मका लागि इजलास स्थगित गरेका थिए । तर बहस गर्न नचाहने वकिलहरूले आफ्नो नाम मात्रै टिपिदिन आग्रह गरेका थिए ।

    अदालतको बहस धेरै लामो भएको भन्दै प्रधानन्यायाधीश जबरासहित सर्वाेच्च अदालत छिट्टै मुद्दाको टुंगो लगाउन चाहन्छ । जसका लागि अदालतले कानून व्यवसायीको बहस गर्ने समय समेत घटाएको छ ।

    जबराले भोलि भनेपछि इजालसमा रहेका प्रधानमन्त्री ओलीका कानून व्यवसायीहरूले थोरै–थोरै समय लिएर भए पनि कुरा राख्न पाए हुन्थ्यो भनेर आग्रह गरे । प्रधानन्यायाधीश जबराले भोलि नै गरौं भनेर जवाफ दिए ।

    त्यसपछि प्रधानमन्त्री ओलीका कानून व्यवसायी नाम मात्रै टिपाउन पाए पनि हुन्थ्यो भनेर आग्रह गरे । त्यसपछि जबराले ठीकै छ नाम पनि भोलि नै टिपाउनुहोला भनेर जवाफ दिए । तर प्रधानमन्त्री ओलीका कानून व्यवसायीले आजै बुधबार नाम टिपाउन ढिपी गरेका थिए ।

    धेरै ढिपी भएपछि प्रधानन्यायाधीश जबराले नाम टिपाएपछि भोलि बहस गर्न नपाइने जवाफ दिँदै नाम टिपेका थिए । यसरी नाम टिपाउने कानून व्यवसायीको संख्या १३–१४ रहेको जनाइएको छ । आज नाम टिपाएका कानून व्यवसायीले अब ओलीको पक्षमा बहस गर्ने छैनन् ।

    संसद विघटनसम्बन्धी मुद्दामा हालसम्म सरकारको प्रतिरक्षामा ४० जनाले बहस गरेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार महान्यायाधिवक्ता र सरकारी वकिल समेत गरी सरकार पक्षबाट बहस गर्न १८६ जनाले वकालतनामा नाम लेखाएका थिए । तर अब वकिलहरू बहसबाट टाढिँदै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend