काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सेर पशुपतिको नाम जप्दै हिँडेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पशुपतिमा बत्ती बालेर हिँड्दैमा ओलीले गरेको पाप नपखालिने आरोप लगाएका छन् ।
‘केपी ओलीले अहिले मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न शुरू भएको छ, पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो असल छ, जसले धर्म गर्छ । पाप गर्नेलाई पशुपतिले हेर्दैनन्, केपी ओली चेतना भया – संविधान मिच्ने मिचाहा, लोकतन्त्रको हत्या गर्ने हत्यारा र जनाधिकार कुल्चनेलाई हेर्दैनन्,’ उनले भनेका छन् ।
अध्यक्ष नेपालले ओली नेकपाको पहिलो अध्यक्ष नभएको जिकिर गरेका छन् । ‘अस्ति निर्वाचन आयोगलाई धम्क्याएर के भने भने म पहिलो अध्यक्ष हुँ । पहिलो अध्यक्ष नेकपाको होइन, ओली गुटको होला । बालकोटको होला । नेकपाको पहिलो अध्यक्ष होइनन्,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।