काठमाडौं – नेपाललाई लोडसेडिङमुक्त गरेर उज्यालो बनाउने अभियानका नायकका रूपमा कुलमान घिसिङलाई लिइन्छ । नेपाली जनताले कुलमा घिसिङको हाईहाई गर्ने गरेका छन् ।
तर जनताको चाहनालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गरेन । प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेर मौका दिनुपर्ने जनस्तरको माग सुनुवाइ भएन ।
ओली सरकारले अन्ततः हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । हिजो सोमवार बसेको मन्त्रिपरिषद बैठकले कामु कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर प्राधिकरणमा ल्याइएको थियो । शाक्यलाई प्राधिकरणमा ल्याएर कामुको जिम्मेवारी दिइएको थियो ।
कुलमान बिदा भएपछि आकस्मिक रूपमा विद्युत् सेवा अवरुद्ध हुन थालेपछि सरकारको आलोचना हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।