आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महामन्त्री कोइरालाको बोलीले केपी ओलीलाई फाइदा ? प्रचण्डलाई ठूलो धक्का !

कांग्रेस महामन्त्री कोइरालाको बोलीले केपी ओलीलाई फाइदा ? प्रचण्डलाई ठूलो धक्का !

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 5.7K
    SHARES

  • कांग्रेस महामन्त्री कोइरालाको बोलीले केपी ओलीलाई फाइदा ? प्रचण्डलाई ठूलो धक्का !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस लगायत दलहरूसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीबारे अभिव्यक्ति दिइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने धारणा राखेका छन् ।

    आज सोमवार पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा महामन्त्री कोइरालाले कांग्रेसको आफ्नै विचार र अस्तित्व भएकाले आन्दोलनमा कसैसँग मिल्नु नहुने तर्क गरेका छन् ।

    ‘नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु हुँदैन । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ,’ उनले भने । महामन्त्री कोइरालाले कसैसँग नमिल्ने विचार राख्दा प्रचण्डको संयुक्त आन्दोलनको अभियानलाई धक्का लागेको छ । दलहरू संयुक्त आन्दोलनमा नगए प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता लम्ब्याउन सहज हुने विश्लेषण समेत हुने गरेको छ ।

    महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको समेत बताएका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकतामा रहेको बताएका छन् ।

    ओलीलाई जनताले संसद, संविधान र कानूनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानून, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको नेता रिजालले बताए । उनले संसद विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरू अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा कांग्रेस नलाग्ने समेत स्पष्ट पारेका छन् ।

    रिजालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रति कटाक्ष गर्दै वर्तमान मन्त्रिपरिषद्लाई चिडियाखाना घोषणा गरेर आफैं चिडियाखानामा गएर बस्न आग्रह गरे । माघ २३ गते ओली पक्षको जनसभामा गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई सरकारले चिडियाखानामा थुन्ने अभिव्यक्ति दिएका थिए ।

    रिजालले गृहमन्त्री बादल आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर भएको स्मरण गराउँदै आफ्ना गुरु प्रचण्डलाई धम्क्याउनु अस्वाभाविक भएको बताएका छन् । ‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफैं गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ । गृहमन्त्रीजी तपाई आफैं चिडियाखानामा जानुस् वा मन्त्रिपरिषद्लाई नै चिडियाखाना घोषणा गर्नुस्,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend