आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली सेनासँग प्रधानमन्त्री ओलीले भने – नेपाल–भारतबीच असमझदारी छैन

नेपाली सेनासँग प्रधानमन्त्री ओलीले भने – नेपाल–भारतबीच असमझदारी छैन

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 11.4K
    SHARES

  • नेपाली सेनासँग प्रधानमन्त्री ओलीले भने – नेपाल–भारतबीच असमझदारी छैन

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विवादबारे नेपाल र भारतबीच गम्भीर कूटनीतिक प्रयासबाट समाधान खोजिनुपर्ने बताएका छन् ।

    यीबाहेक सुस्ता, कञ्चनपुर लगायत सीमा क्षेत्रमा देखिएका विवादको समाधान पनि कूटनीतिक माध्यमबाट खोजिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आईतवार जंगीअड्डामा आयोजित नेपालको ‘अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रहरु’ विषयक गोष्ठी शुभारम्भ गरेपछि सीमा विवाद सल्टाउन कूटनीतिक संवादमा जोड दिएका हुन् ।

    ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा जारी गर्दा नेपाल–भारतबीच असमझदारी नबढेको बताएका छन् । नक्शामा समेटेर ती भूमि नेपालका हुन् भनेर दाबी प्रस्तुत गरिएको उनले स्पष्ट पारेका छन् ।

    ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्सामा नसमेट्दा ती भूमि नेपालका हुन् भनेर भारतसँग कसरी दावा गर्न सकिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् ।

    भारतसँगको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको उनको भनाइ छ ।

    ‘छिमेकीसँगको सम्बन्ध सत्यतथ्यका आधारमा, थिचोमिचो नभई समानता र न्यायका आधारमा मात्रै सुदृढ हुन सक्छ,’ उनले भने ।

    ओलीले नेपाल–भारत सम्बन्धलाई सुधार्न र वास्तविक सम्बन्ध विकास गर्न कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्शा सार्वजनिक गरिएको बताएका छन् । कूटनीतिक माध्यमबाट कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसकै आधारमा भारतसँग संवाद गर्ने उनको भनाइ रहेको थियो ।

    ओलीले सीमा विवादबारे भारतसँग मित्रवत् ढंगले छलफल गर्ने बताए । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे भारतसामु तथ्य प्रमाण राख्ने र मिचिएका भूभाग फिर्ता लिने ओलीले बताए ।

    ‘हामी भारत र चीनसँग उनीहरूको जमिन हाम्रो हो भनेर दाबी गर्न सक्ने पोजिसनमा छौं र ? भारत र चीनको जमिन हाम्रो हो भनेर दाबी गर्ने हैसियतमा हामी छैनौं,’ ओलीले भने, ‘तर हाम्रो भूमि हाम्रो भन्ने हैसियत चाहिँ हामीसँग हुनुपर्छ । आफ्नो भौगोलिक अखण्डता हामी छाड्न सक्दैनौं ।’

    समग्र राष्ट्रको सुरक्षा गर्न सीमा सुरक्षा अपरिहार्य भएको ओलीले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend