शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘होलीवाइन काण्ड रच्ने ओली हिन्दु धर्म मान्ने तपाईं–हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ’

‘होलीवाइन काण्ड रच्ने ओली हिन्दु धर्म मान्ने तपाईं–हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ’

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 6.6K
    SHARES

  • ‘होलीवाइन काण्ड रच्ने ओली हिन्दु धर्म मान्ने तपाईं–हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ’

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जनताको भगवानप्रतिको आस्थासँग खेल्न खोजेको आरोप लगाएका छन् ।

    पर्सा जिल्लामा आज आईतबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताएका छन् ।

    २ वर्षअघि संसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै नेता थापाले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’

    ‘सीता माताको प्रदेशका कैयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनुभएन । तर आज भगवान् रामलाई नागरिकता दिन लाग्नुभएको छ,’ थापाले भने ।

    कुनै बेला प्रधानमन्त्री ओलीले देशभक्तिको भावनासँग खेलेको भन्दै उनले भने, ‘त्यो धार भुत्ते भएपछि तपाईं हाम्रो भगवानप्रतिको आस्थामाथि खेल्ने कोसिस गर्दै हुनुहुन्छ ।’

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै थापाले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।

    संविधान सभाबाट बनाएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ नभएको बताउँदै नेता थापाले भने, ‘अदालतले पनि यही संविधान पल्टाउने हो । यो पढेर प्रतिनिधिसभा विघटनलाई वैधानिक भन्न पाउँदैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend