काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज काठमाडौंमा सम्पन्न नारायणहिटी अगाडिको जनसभाको भीडको फोटो सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा फोटो सार्वजनिक गर्दै सल्लाहकार थापाले त्यसलाई ‘जनसागर’को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसालेको समेत सल्लाहकार थापाले जनाएका छन् । सरकारी स्रोतसाधनसहित जिम्मेवारी निर्वाह गरिरहेका थापाको सरकारी क्यामेरामा सडकभरि मान्छे देखिएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !’
यस्ता छन् तस्वीरहरू –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।