काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा झडप भएको छ ।
नेकपाका नेता र कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्व मन्त्री रामचन्द्र झा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।