बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रहरीले एकैछिनमा पक्राउ गर्‍यो प्रचण्डका २७ कार्यकर्ता, आमहड्ताललाई धक्का !

प्रहरीले एकैछिनमा पक्राउ गर्‍यो प्रचण्डका २७ कार्यकर्ता, आमहड्ताललाई धक्का !

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 6.7K
    SHARES

  • प्रहरीले एकैछिनमा पक्राउ गर्‍यो प्रचण्डका २७ कार्यकर्ता, आमहड्ताललाई धक्का !

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीवारका लागि घोषणा गरेको आमहड्ताललाई असफल पार्न प्रहरी प्रशासन कडा एक्सनमा उत्रिएको छ ।

    आमहड्ताललाई लक्षित गरेर प्रहरीले राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

    गृह मन्त्रालयले बुधवार नै विज्ञप्ति जारी गर्दै निर्वाध रूपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीवार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल पक्षका कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

    नेकपाका युवा नेता दीपशिखाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरू पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरु मिलन तामाङ, समीर तामाङ, रमेश तामाङ, राजकुमार तामाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’

    बन्दकर्ताहरूले बिहीवार बिहानै गोंगबुमा ट्याक्सीमाथि आगजनी गरेका छन् । २ जना अज्ञात व्यक्तिले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend