बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंभित्रै बिहानै ट्याक्सीमा आगजनी, जनतालाई गरिखान नदिने कस्तो हड्ताल ?

काठमाडौंभित्रै बिहानै ट्याक्सीमा आगजनी, जनतालाई गरिखान नदिने कस्तो हड्ताल ?

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 8.2K
    SHARES

  • काठमाडौंभित्रै बिहानै ट्याक्सीमा आगजनी, जनतालाई गरिखान नदिने कस्तो हड्ताल ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज बिहीबार गरेको देशव्यापी आमहड्तालमा बिहानै काठमाडौंको गोंगबुमा ट्याक्सीमाथि आगजनी गरिएको छ ।

    बुधबार पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको थियो ।

    आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइए पनि बिहीवार बिहानै काठमाडौंको गोंगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले २ जना अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताएका छन् ।

    कालो ज्याकेट लगाएर आएका २ जनाले ट्याक्सीमा आगजनी गरेर भागेका र ट्याक्सीमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनाको खोजी कार्य भइरहेको छ ।

    सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्षले विरोध गर्दै बिहीबार देशव्यापी आमहड्ताल गरेको छ ।

    प्रहरीले आमहड्ताल गराउँदै हिँडेका प्रचण्ड–नेपाल पक्षका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ । प्रहरीले राजधानी काठमाडौंमा कडा सुरक्षा ‘एक्सन’ लिँदै बिहानैदेखि प्रचण्डका कार्यकर्तालाई पक्राउ गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

    आमहड्तालविरुद्ध प्रहरी कडा एक्सनमा उत्रिएर धमाधम पक्राउ गर्न थालेको छ । प्रचण्ड–नेपाल पक्षका युवा नेता रामप्रसाद सापकोटाले सामाखुसीबाट केही युवाहरूलाई प्रहरीले बिहानै पक्राउ गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । सापकोटाले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तामाङ, समीर तामाङ, रमेश तामाङ, राजकुमार तामाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’

    यसअघि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर गर्दै बन्द असफल पार्न निर्देशन दिएको थियो । गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सबै क्षेत्र खुला राख्न आग्रह गरेको थियो । विज्ञप्तिमा बन्द गराउन दबाब दिनेलाई कारवाही गर्ने चेतावनी समेत दिइएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend