शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध नयाँ जनआन्दोलन घोषणा

केपी ओलीविरुद्ध नयाँ जनआन्दोलन घोषणा

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 4.8K
    SHARES

  • केपी ओलीविरुद्ध नयाँ जनआन्दोलन घोषणा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले नयाँ जनआन्दोलन घोषणा गरेका छन् ।

    नागरिक आन्दोलनको अगुवाइ गर्दै आएका वाग्लेले आगामी फागुन ७ गते काठमाडौंको टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरू हुने घोषणा गरे ।

    मंगलवार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै बाग्लेले फागुन ७ गते काँडेतार हटाएर भए पनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरेका छन् ।

    ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गरी नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं,’ अभियान्ता वाग्लेले भने ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर ओलीको घोषणाविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू आन्दोलन गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend