काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको सर्वाेच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
दाहालले विराटनगरको सभामा बोलेको विषयलाई आधार बनाइएको छ । समिर हायूले दाहाललाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेका हुन् ।
सर्वाेच्च अदालत प्रशासनका अनुसार रिटको पेसी मंगलबारलाई तोकिएको छ । प्रचण्ड विरुद्धको मुद्दाको पेशी भोलि मंगलवारका लागि तोकिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।