काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दूराष्ट्र घोषणा गर्न लागेको नेकपा प्रचण्ड–नेपाल पक्षले आरोप लगाएपछि ओली पक्षका नेता गोकुल बाँस्कोटाले मुख खोलेका छन् ।
बाँस्कोटाले प्रचण्ड–नेपाल पक्षले निरन्तर गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि हमला गरिरहेको भन्दै नेताहरूको नियतमाथि प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाँस्कोटाले प्रचण्ड–नेपाल पक्षमा पूर्व ताकेर पश्चिम पड्काउने प्रवृत्ति रहेको जनाएका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘उहाँहरूको आरोप छ – ओली हिन्दूतन्त्र ल्याउन र गणतन्त्र मास्न चाहन्छन् तर उहाँहरूको काम चै निरन्तर गणतन्त्रको प्रतीक राष्ट्रपतिमाथि हमला । अब आफैं भन्नुस् गणतन्त्र ध्वस्त पार्न को चाहन्छ ?’
उनले अगाडि लेखेका छन्, ‘पूर्व ताकेर पश्चिम पड्काउने पुरानो तरिका अब त सबैले बुझ्या छैनन् र भन्या ?’
प्रचण्ड–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे लगायतका नेताहरूले ओलीले माघ २३ गते नारायणहिटी अगाडि राखेको कार्यक्रमबाट नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न लागेको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।