शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !

केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 5.0K
    SHARES

  • केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसमा विशाल एकता देखिएको छ ।

    कांग्रेसले विभिन्न १३ वटा क्षेत्रलाई समेटेर गठन गरेका भातृ संस्थाले भोलि माघ १९ गते सोमबार संयुक्त रूपमा देशभर प्रदर्शन गर्दै ओली सरकारविरुद्ध प्रहार गर्ने भएका छन् ।

    आईतबार संयुक्त अपिल जारी गर्दै नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूले ७७ जिल्लामै एकसाथ हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

    ‘संसद विघटनमार्फत सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’ अपिलमा उल्लेख छ ।

    नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ्ग संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजले संयुक्त अपिल जारी गरेका छन् ।

    nc12.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend