शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

आसेपासेको नियुक्तिमा केपी ओलीलाई अग्नि सापकोटाको ठूलो धक्का ! पढ्नुहोस् यस्तो छ लिखित जवाफ

आसेपासेको नियुक्तिमा केपी ओलीलाई अग्नि सापकोटाको ठूलो धक्का ! पढ्नुहोस् यस्तो छ लिखित जवाफ

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 7.8K
    SHARES

  • आसेपासेको नियुक्तिमा केपी ओलीलाई अग्नि सापकोटाको ठूलो धक्का ! पढ्नुहोस् यस्तो छ लिखित जवाफ

    काठमाडौं – संवैधानिक परिषद्को बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासेलाई विभिन्न ठूल्ठूला पदमा नियुक्ति दिने गरी गरेको सिफारिसलाई प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले फिर्ता पठाइदिएका छन् ।

    ओलीले संवैधानिक निकायहरूमा गरेको विवादास्पद नियुक्तिको सिफारिसलाई सभामुख सापकोटाले फिर्ता पठाएका हुन् ।

    सरकारले पुस ३० गते अध्यक्षसहित ३ सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसै दिन साँझ बसेको परिषद्को बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना नै बसेको बैठकले विभिन्न्न संवैधानिक निकायमा नियुक्ति गर्न सिफारिस गरेको हो ।

    ओली सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन समेत गरेको थियो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक परिषद्का ठूल्ठूला पदमा नियुक्ति सिफारिसबारे सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका जनाएका छन् ।

    सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता समेतलाई पठाएका छन् ।

    यस्तो छ सापकोटाले लेखेको पत्र –

    a1.jpga2.jpga3.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend