शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओलीविरुद्ध निर्णय गर्न प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आकस्मिक बस्दै

ओलीविरुद्ध निर्णय गर्न प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आकस्मिक बस्दै

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 5.0K
    SHARES

  • ओलीविरुद्ध निर्णय गर्न प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आकस्मिक बस्दै

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    भोलि सोमवार बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध कडा रुपमा प्रस्तुत हुन बैठकले थप निर्णय गर्ने जनाइएको छ ।

    पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा समेत बैठक केन्द्रित हुने श्रेष्ठले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड–नेपाल समूह आन्दोलन गरिरहेको छ । यसअघि प्रचण्ड–नेपाल समूहको बैठकले ओलीलाई अध्यक्ष र पार्टी सदस्यबाट हटाउने निर्णय गरिसकेको छ ।

    संसद पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो पक्षलाई वैधानिकता दिनुपर्ने प्रचण्ड–नेपालको अडान छ । नेकपा यतिबेला ओली र प्रचण्ड–नेपाल गरी २ पक्षमा विभाजित भएको छ । दुवै पक्षले आधिकारिता दाबी गर्दै आइरहेका छन् ।

    माघ ११ गते आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता दिन अस्वीकार गरेको थियो । आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारिक भएको निर्णय गरिसकेको छ । ४४१ जनामध्ये आफूहरुसँग २९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल पक्षले दाबी गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend