काठमाडौं – स्थानीय तह निर्वाचनमा साविक नेकपा माओवादीबाट वडाध्यक्षका उम्मेदवार भएका २ नेतासहित अन्य कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१ का माओवादीका उम्मेदवार अर्जुन सापकोटा र वडा नम्बर ५ का दावा तेम्बो शेर्पा आईतबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका–५ ले आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाको पेलान र झमेला सहन नसकेर आफूहरू कांग्रेसमा प्रवेश गरेको नेता सापकोटाले बताए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दुवै नेतालाई पार्टीमा प्रवेश गराएका छन् ।
‘कम्युनिस्टमा बसेर रिझाउन सकिएन १८ वर्षसम्ममा पनि,’ पार्टी प्रवेशलगत्तै सदस्यता समेत लिएका सापकोटाले भने, ‘पेलानमा परियो । कम्युनिस्टले विकास पनि गर्न सक्दैन । विकासका लागि कांग्रेसमा प्रवेश गरेको हुँ ।’
केन्द्रीय सदस्य बस्नेतको विकासदेखि प्रभावित भएको र कम्युनिस्टमा जालझेल, गुट उपगुट, व्यवसायीले पैसा दिनुपर्ने भएकाले कम्युनिस्टहरू कांग्रेसमा आएका धारणा राखेका छन् ।
उक्त प्रबेश कार्यक्रम तरुण बिभाघ केन्द्रिय सदस्य भोटेकोशी गाउँपालिका सभापति पासाङ नोर्बु लामा विशेष पहल गरेका थिए ।बस्नेतlले लामाको निकै प्रशंसा गरेका थिए।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।