शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डविरुद्ध खनिएपछि ओलीलाई रेणु दाहालको जवाफ : ‘ढुंगा पूजा गर्दैमा विकास हुँदैन’

प्रचण्डविरुद्ध खनिएपछि ओलीलाई रेणु दाहालको जवाफ : ‘ढुंगा पूजा गर्दैमा विकास हुँदैन’

  • मिडिया डबली
  • शनिवार, माघ १७ २०७७

  • 10.3K
    SHARES

  • प्रचण्डविरुद्ध खनिएपछि ओलीलाई रेणु दाहालको जवाफ : ‘ढुंगा पूजा गर्दैमा विकास हुँदैन’

    चितवन – जिल्लाको भरतपुर महानगरपालिकाकी प्रमुख तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहालले सिटी हल र ६ लेन पुलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गर्नु दुःखद भएको बताएकी छन् ।

    चितवनमा शनिवार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले ओलीले गलत गरेको बताइन् ।

    भरतपुर महानगरपालिका दीगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै मेयर दाहालले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पुलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई सिलान्यास गरिनु दुःखद भएको बताइन् ।

    आजै शनिवार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड र रेणु दाहाललाई लक्षित गरेर कडा अभिव्यक्ति दिएका थिए । ओलीले प्रचण्डलाई कुहिएको आलुको संज्ञा दिएका थिए ।

    मेयर दाहालले ओलीको कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै मेयर दाहालले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा ३ वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको छ ।’

    उनले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरूले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने दाबी गरिन् ।

    राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै उनले विकास लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने जानकारी दिइन् ।

    आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वीर बलभद्र कुँवर लगायतका विभूतिहरुको  ऐतिहासिक योगदानले आधुनिक नेपाल सम्भव भएको बताइन् । दाहालले विभूतिहरूले दिएको योगदानको संरक्षण र सम्मान गर्नु नागरिक र राज्यको दायित्व भएको समेत बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend