शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डमाथि प्रहार : चितवनका जनताले ‘चुनाव जिताएको मान्छे कुहिएको आलु बनेछ’

प्रचण्डमाथि प्रहार : चितवनका जनताले ‘चुनाव जिताएको मान्छे कुहिएको आलु बनेछ’

  • मिडिया डबली
  • शनिवार, माघ १७ २०७७

  • 6.3K
    SHARES

  • प्रचण्डमाथि प्रहार : चितवनका जनताले ‘चुनाव जिताएको मान्छे कुहिएको आलु बनेछ’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीलाई मणि बनाउँछु भनेर भाषण गरे पनि चुनाव जितेको व्यक्ति (प्रचण्ड) कुहिएको आलु बनेको आरोप लगाएका छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा शनिबार आयोजित जनसभामा ओलीले भने, ‘चुनावको बेला माडीमा गएर मणि बनाउँछु भनेको थिएँ, मणि बनाउन जिताएको कुहिएको आलु बनेछ ।’

    ओलीले चितवनमा सरकारले विकास निर्माणको अभियान सुरू गर्दा वक्तव्य निकालेर विरोध जनाइएको भन्दै आपत्ति जनाए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विज्ञप्ति जारी गर्दै ओलीको विरोध गरेकी थिइन् ।

    ‘इतिहासमै पहिलोपल्ट २ हजार क्षमताको सभाहल सिलान्यास गरेर सडक चौडा गर्दा किन पीर परेको ? हिजो वक्तव्य नै निकालेको सुनियो । हामीले १ अर्ब २० करोड दिने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने ?’ ओलीले भने, ‘यहाँ नारायणी नदीमा आकर्षक सिग्नेचर पुल बन्दैछ, सुन्दाखेरी उहाँहरुलाई पीर पर्ला कि भन्ने लाग्छ ।’

    ओलीले चितवनबाट निर्वाचित भएको सांसद भए पनि प्रचण्डले अयोध्यापुरीमा राम जन्मेको भनेर एक शब्द बोल्न नसकेको टिप्पणी गरे । ‘चितवनबाट चुनिएका सांसद अयोध्यापुरीमा राम जन्मिएका भनेर चुइक्क बोल्दैनन्, बोल्न कसको डर ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ । मयुरको प्वाँख लाउँदैमा अर्को चरो मयुर हुँदैन,’ ओलीले भने, ‘अयोध्यापुरीमा राख्न रामको भव्य प्रतिमूर्ति तयार भइरहेको छ । अर्को सालको रामनवमीमा प्राण प्रतिष्ठा गर्नेछौं । त्यसको अर्थ के हो ? अयोध्यापुरी विश्वका संस्कृतिविद्हरूको गन्तव्यस्थान हुनेछ । धेरै तीर्थालुको गन्तव्यस्थल हुनेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend