काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित क्षेत्र चितवनमै पुगेर प्रहार गरेका छन् ।
आफूलाई सक्कली राष्ट्रवादी दावी गर्ने प्रचण्डले राम अयोध्यापुरीमा जन्मिएका भनेर बोल्न नसकेको आरोप ओलीले लगाए ।
चितवनको भरतपुरमा नेकपाले शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणको कामले तीब्रता पाउँदा प्रचण्डलाई छटपटी भएको आरोप लगाए ।
‘चितवनबाटै चुनिएका सांसद अयोध्यापुरीमा राम जन्मिएका भनेर चुइँक्क बोल्दैनन्, बोल्न कसको डर ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ । मयुरको प्वाँख लाउँदैमा अर्को चरो मयुर हुँदैन,’ उनले भने, ‘अयोध्यापुरीमा राख्न रामको भव्य प्रतिमूर्ति तयार भइरहेको छ, अर्को सालको रामनवमीमा प्राण प्रतिष्ठा गर्नेछौं । त्यसको अर्थ के हो ? अयोध्यापुरी विश्वका संस्कृतिविद्हरूको गन्तव्यस्थान हुनेछ । धेरै तीर्थालुको गन्तव्यस्थल हुने छ ।’
प्रधानमन्त्री ओलीले चितवनमा सभाहल सिलान्यासमा उपस्थित नभएको भन्दै भरतपुरकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालप्रति कटाक्ष गरे । ‘अलिअलि मतपत्र च्यातेर जितेको भए पनि भोट दिएको थियो नि ! खै तपाईंको मेयर यहाँ ? मेयर पिकनिक खान जानुभएको होला कतै, मैले यसमा धेरै केही भन्नु छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।