बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

लेखराजविरुद्ध प्रचण्डको आक्रोश : ‘पटक–पटक मन्त्री बनाएँ, अहिले केपीको वरिपरि घुम्ने दलाल भए’

लेखराजविरुद्ध प्रचण्डको आक्रोश : ‘पटक–पटक मन्त्री बनाएँ, अहिले केपीको वरिपरि घुम्ने दलाल भए’

  • मिडिया डबली
  • शनिवार, माघ १७ २०७७

  • 5.6K
    SHARES

  • लेखराजविरुद्ध प्रचण्डको आक्रोश : ‘पटक–पटक मन्त्री बनाएँ, अहिले केपीको वरिपरि घुम्ने दलाल भए’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको धनगढी पुगेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टविरुद्ध अभिव्यक्ति दिएका छन् । 

    धनगढीमा शनिबार आयोजित विरोध सभामा प्रचण्डले मन्त्री भट्टमाथि गम्भीर आरोप लगाउँदै आफूले हुर्काएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरे ।

    नेकपा विभाजन हुँदा प्रचण्ड पक्षलाई छाडेर भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

    ‘मैले हुर्काएको मान्छे, मैले पनि सुदूरपश्चिमको नायक भन्थें । कता हो कता सोच्नै नसक्ने गरी गए । पटक–पटक मन्त्री बनाएँ, अहिले त उनी केपीको वरिपरि घुम्ने दलाल भए । पत्याइ नसक्नु भयो । मलाई डर भएको थियो, अरु पनि विचलित भएर कुद्नु हुन्छ कि भनेर । दुईचार रात टेन्सन भएको थियो,’ उनले भने, ‘तर ९५ प्रतिशत कार्यकर्ता उता गएका छैनन् । बरु मलाई नयाँ शक्ति सुदूरपश्चिमबाट ऊर्जा पैदा भएको छ ।’ 

    अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फैसला सुनाउँदै प्रतिनिधिसभा संसद पुनर्स्थापना नगरेमा संसदको बैठक बोलाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तागत आफूहरूसँग रहेको घोषणा गरेका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिने विश्वास व्यक्त गर्दै नभए सभामुखमार्फत प्रतिनिधि सभाको बैठक बोलाउने चेतावनी दिए ।

    ‘सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ, संविधान हेरेर फैसला गर्छ भन्ने विश्वास छ । हामी सदन बोलाउँछौं, संसद बैठक बोलाएर ओलीलाई कारवाही गर्ने ताकत छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी, कांग्रेस र जसपाले असंवैधानिक भनेका छन् । संसद बैठक बोलाएर संविधान र राष्ट्रघातको विरुद्ध कारवाही गर्ने हैसियत राख्छ ।’ 

    प्रचण्डले आफ्नै बुद्धि र कर्मले कलंकको टीका लगाएर ओली पतनको बाटोमा हिँडिरहेको आरोप समेत लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend